मन्त्रिपरिषद्को नियमित बैठक जारी
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक जारी रहेको छ।
केहीबेर अघिदेखि सुरु भएको बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ। बैठकका निर्णयहरू भने सार्वजनिक हुन बाँकी छन्।