जनकपुरमा मिटरब्याजपीडित महिलाले गरिन् अदालत अगाडि आत्मदाह प्रयास
मिटरब्याजपीडित एक पीडित महिलाले आज (बुधबार) जनकपुरमा आत्मदाह प्रयास गरेकी छन् । जनकपुर उपमहानगरपालिका ४ घर भएकी फुलकुमारी रजकले आज (बुधबार) धनुषा जिल्ला अदालतको मुख्य सडकमा आत्मदाहको प्रयास गरेकी हुन् ।
मिटरब्याज पीडितहरुले आज अदालत अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गर्ने क्रममा उनले शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले हस्तक्षेप गर्दै उद्धार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी मधुसुधन न्यौपानेका अनुसार उनलाई प्रहरीले उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल पठाएको जानकारी दिएका छन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य छ । अदालतबाट न्याय नपाएको उनको गुनासो थियो ।