यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं — नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा तोकिएको छ।
युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ३३ पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ ०६ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।