आज सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ९० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३२६ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।