रास्वपा बैठकमा स्वर्णिम वाग्ले र बालेन्द्र शाह अनुपस्थित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले र वरिष्ठ नेता बालेन्द्र शाह अनुपस्थित छन्।
मन्त्रालयको कार्यव्यस्तताका कारण वाग्ले बैठकमा नपुगेको बताइएको छ भने शाह मुस्ताङतर्फ गएका छन्। उनीहरू बैठकमा सहभागी हुने वा नहुनेबारे सचिवालयले स्पष्ट जानकारी दिएको छैन।
बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी, उम्मेदवार छनोट समिति गठन, सचिवालय तथा केन्द्रीय सदस्य मनोनयन र मासिक पत्रिका प्रकाशनलगायत विषयमा छलफल हुँदैछ। बैठक महामन्त्री विपिनकुमार आचार्यले एजेन्डा प्रस्तुत गरेपछि सुरु भएको हो।