बाजुरामा पहिरोमा परी एक युवती बेपत्ता, दुई जना घाइते
बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी २० वर्षीया प्रतीक्षा थापा बेपत्ता भएकी छन्। पहिरोमा परी स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्।
घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको प्रहरीले जनाएको छ। अविरल वर्षापछि आएको पहिरोले धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको छ। बेपत्ता प्रतीक्षाको खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी परिचालन गरिएको छ।