नारायणगढ–काठमाडौं सडक दुईतर्फी सुचारु
चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो हटाएपछि नारायणगढ–काठमाडौं सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
इच्छाकामना–५ सिमलधारामा शुक्रबार राति रुखसहित खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। रातभर उपकरण प्रयोग गरी पहिरो हटाएपछि शनिबार बिहान ६:१५ बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सडक खुलेसँगै रातभर रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।