कालीगण्डकीमा अवैध बालुवा उत्खनन गर्ने सात जना पक्राउ
मुस्ताङको कालीगण्डकी नदीमा अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसार गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले प्रयोग गरेका सात वटा ट्याक्टरसमेत प्रहरीले नियन्त्रणमा लिएको हो।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, एक्लेभट्टी नजिक जोमसोम–कोरला सडकखण्डअन्तर्गत कालीगण्डकी नदीको बगरबाट बिनाअनुमति बालुवा उत्खनन गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार वर्षायाममा नदीजन्य पदार्थ उत्खनन गर्दा बाढी तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले अवैध उत्खनन नियन्त्रणमा कडाइ गरिएको छ।