देशभर मनसुनी वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले शनिबार देशभर बदलीसहित वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
शनिबार राति पनि देशभर बदली रहनेछ। कोशी र बागमतीका पहाडी तथा तराई भूभाग र गण्डकीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।