रास्वपाले सुरु गर्यो ‘हामी सुन्छौं’ अभियान
काठमाडौं — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘हामी सुन्छौं’ अभियान सुरु गरेको छ।
चःमतीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’मा आजदेखि अभियान सुरु गरिएको हो। नागरिकका समस्या तथा गुनासा सुनेर आवश्यक सहजीकरणमार्फत सम्बोधन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको रास्वपाको केन्द्रीय कार्यालयले जनाएको छ।
अभियानअन्तर्गत आज केन्द्रीय सदस्य अंकितकुमार यादव र प्रतिनिधिसभा सदस्य अंकिता ठाकुर कार्यालयमा उपस्थित भएर नागरिकका गुनासा तथा सुझाव सुन्दै छन्।