बाढीपीडितका लागि राहत लिएर भारतीय वायुसेनाको विशेष विमान उड्ने
नयाँ दिल्ली — रसुवा लगायत बाढी प्रभावित जिल्लाका पीडितका लागि राहत सामग्री लिएर भारतीय वायुसेनाको विशेष विमान आज बिहान ७:४५ बजे (भारतीय समय) नयाँ दिल्लीबाट नेपालतर्फ उड्ने भएको छ।
बाढी तथा विपद्बाट प्रभावित नेपाली नागरिकका लागि आवश्यक राहत सामग्री लिएर विशेष विमान नेपाल आउन लागेको हो। विपद्का बेला नेपाललाई सहयोग गर्न भारतले पुनः तत्परता देखाएको छ।
यससँगै प्राकृतिक विपद्का समयमा नेपाललाई सहयोग गर्नेमा भारत अग्रपंक्तिमा रहेको सन्देश गएको छ। राहत सामग्री नेपाल पुगेपछि सम्बन्धित निकायमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिने अपेक्षा गरिएको छ।