नेपाली बजारमा सुनको मूल्य २८ सय रुपैयाँले बढ्यो
काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७३ हजार ९ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यता, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ थियो।
यसअनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो।