मिस नेपाल दीपमाला ढकाल र गभर्नर पौडेलबीच वित्तीय संकटबारे छलफल
‘मिस नेपाल २०२६’ दीपमाला ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेट गरी वित्तीय संकट र त्यसले विशेषगरी युवाको जीवनमा पार्ने असरबारे छलफल गरेकी छन्।
सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै ढकालले ऋण तथा आर्थिक दबाबका कारण युवामा पर्न सक्ने गम्भीर असरबारे महत्वपूर्ण कुराकानी भएको बताएकी छन्। उनले वित्तीय संकट समाधानका लागि वित्तीय साक्षरता, सहज वित्तीय सहायता, आर्थिक अवसर र मानवीय संवेदनासहितको नीतिनिर्माण आवश्यक रहेको उल्लेख गरेकी छन्।
ढकालले ‘ऋण ठूलो हुन सक्छ, तर जीवनभन्दा ठूलो कहिल्यै हुँदैन’ भन्दै आर्थिक कठिनाइमा परेकालाई समाधान र सहयोग उपलब्ध गराउने अभियानमा आफ्नो आवाज प्रयोग गर्ने बताएकी छन्। गभर्नर पौडेलसँगको भेट प्रेरणादायी रहेको उनको भनाइ छ।