सशस्त्र प्रहरीले एक वर्षमा १३ करोड बढीको अवैध सामान बरामद गर्यो
आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरीले १३ करोड ९ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको छ।
सो अवधिमा १ करोड ४२ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध काठसमेत बरामद गरिएको छ। प्रहरीले आठ वटा सवारीसाधनसहित १ हजार ५०७ क्युफिट काठ र ५१ थान फर्निचर नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, अवैध उत्खनन नियन्त्रणका क्रममा ८० वटा सवारीसाधन नियन्त्रणमा लिई २५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले जनाएको छ।