तीब्बतमा बनेको ताल फुट्यो भोटेकोसीमा फेरि बाढीको जोखिम
काठमाडौं । नेपालनजिक तिब्बतमा दुई नदीको संगमस्थलमा बनेको ताल फुटेपछि भोटेकोसी नदीमा फेरि बाढीको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले नदीमा पानीको बहाव बढेको सूचना प्राप्त भएको भन्दै भोटेकोसी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
ताल फुटेको जानकारीपछि सम्भावित जोखिमबाट जोगिन नदी किनारका बस्तीमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा रहन सचेत गराउन थालिएको छ।