स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु
सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया गुद्री देवी मेहताको मृत्यु भएको छ।
छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुलको बसले सडकछेउमा बसिरहेकी मेहतालाई ठक्कर दिएको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस र चालक २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।