सुदूरपश्चिम रोयल्सले सुनिल थापालाई टिम म्यानेजरमा निरन्तरता दियो
नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आगामी सिजनका लागि आफ्नो व्यवस्थापन टोली सार्वजनिक गर्दै सुनिल थापालाई लगातार दोस्रो संस्करणका लागि टिम म्यानेजरमा निरन्तरता दिएको छ।
२६ वर्षीय थापा नेपाली क्रिकेटको व्यवस्थापन तथा विकास क्षेत्रमा सक्रिय युवा खेल प्रशासक हुन्। उनी स्वयं पूर्व क्रिकेट खेलाडीसमेत हुन् र विभिन्न राष्ट्रियस्तरका प्रतियोगिताको सफल व्यवस्थापन गर्दै खेल प्रशासनमा अनुभव बटुलेका छन्।
थापाले बीबीए कप क्रिकेटदेखि कलेज क्रिकेट लिगसम्मका प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन गरिसकेका छन्। साथै, उनले राजस्थान रोयल्सबाट स्पोर्ट्स म्यानेजमेन्टसम्बन्धी विशेष प्रशिक्षण पनि पूरा गरेका छन्।
सुदूरपश्चिम रोयल्सले थापाको नेतृत्व क्षमता, व्यवस्थापकीय दक्षता र अनुभवलाई मूल्यांकन गर्दै उनलाई दोस्रो सिजन पनि जिम्मेवारी दिएको जनाएको छ। टोलीले अनुभवी व्यवस्थापन टोलीसँगै आगामी एनपीएल संस्करणमा उपाधि जित्ने लक्ष्यका साथ तयारीलाई तीव्र बनाइरहेको बताएको छ।