इमाडोलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ
ललितपुर, २२ असार — ललितपुरको इमाडोल क्षेत्रमा बाटोमा हिँडिरहेकी एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षा अधिकृत पक्राउ परेका छन्।
प्रहरीले ५५ वर्षीय ती व्यक्तिलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। घटनाको विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरी स्रोतले जनाएको छ।