प्रतिनिधिसभामा दूध भुक्तानीदेखि कर्णाली राजमार्गसम्मका विषय उठे
काठमाडौं, २२ असार — प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले दुग्ध किसानको भुक्तानी, कर्णाली राजमार्गको जोखिम, ग्यास सिलिन्डरमा उपभोक्ता ठगी, भूमिहीनलाई लालपुर्जा वितरण, जाजरकोट भूकम्पपीडितको पुनर्निर्माणलगायत विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शून्य समयमा सांसदहरूले दुग्ध किसानलाई समयमै भुक्तानी, दुर्गम क्षेत्रमा सञ्चार सेवा विस्तार, सरकारी अस्पतालमा औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता, क्यान्सरको औषधि अभाव समाधान, पहिरो प्रभावित सडक मर्मत तथा दलितमाथिको विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।