डा. कीर्तिपाल सुवेदी कोशी प्रदेशको स्वास्थ्य सचिव नियुक्त
काठमाडौं, २२ असार — कोशी प्रदेश सरकारको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डा. सुवेदीलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। उनी हाल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ११औँ तहका वरिष्ठ स्वास्थ्य अधिकारीका रूपमा कार्यरत थिए।
यसअघिका स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा भएका छन्। साथै, आयुर्वेद समूहका रामआधार यादवलाई पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गरिएको छ।