प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष दीपक धामी पक्राउ
सिंहदरबार अगाडि प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्षसहित सात विद्यार्थी नेता पक्राउ परेका छन्।
काठमाडौँको सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जना विद्यार्थी नेतालाई पक्राउ गरेको हो।
अनेरास्ववियुले सोमबार सञ्चारगृह र सडकमा गरिएको शंकास्पद पार्किङको विरोधमा प्रदर्शन गरेको जनाएको छ। संगठनले पक्राउ परेका सबै विद्यार्थी नेतालाई विनाशर्त रिहा गर्न माग गरेको छ।