पाकिस्तानले अमेरिका–इरानलाई संयमता अपनाउन आग्रह
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई संयमता अपनाउँदै तनाव घटाउन आग्रह गरेका छन्। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँगको टेलिफोन वार्तामा उनले विवाद समाधानका लागि संवाद र कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार दारले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै पाकिस्तान शान्ति प्रवर्द्धनका लागि रचनात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको बताएका छन्।