यमनको ताइज प्रान्तमा आक्रमण हुँदा २० जनाको मृत्यु, १० घाइते
यमनको ताइज प्रान्तस्थित तरकारी बजारमा भएको आक्रमणमा परी २० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
हुथी विद्रोहीहरूले शुक्रबार साउदी अरब नेतृत्वको गठबन्धनले अल–वाजिया सहरस्थित बजारमा मिसाइल आक्रमण गरेको दाबी गरेका छन्।
हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल–असबाहीका अनुसार आक्रमणमा २० सर्वसाधारणको मृत्यु भएको हो।
तर, यमनी स्थानीय अधिकारीहरूले भने आक्रमणमा हुथी विद्रोहीलाई नै दोष दिएका छन्। उनीहरूले कुनै पनि सैन्य विमानले हवाई आक्रमण नगरेको दाबी गरेका छन्। आक्रमणको जिम्मेवारी र घटनाको वास्तविक अवस्थाबारे भने दुवै पक्षका भनाइ फरक छन्।