सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो
काठमाडौं — नेपाली बजारमा सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ।
अघिल्लो शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार ५२ अमेरिकी डलर र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।