कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु
कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । यसअघि बिहीबार नै मुख्यमन्त्रीका लागि प्रस्ताव पेस गरेको कांग्रेस अहिले नेकपा–एमालेबिच समीकरण हुने देखेपछि छटपटीमा छ ।
प्रतिपक्ष नेकपालाई मनाएर मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको कांग्रेसको आजको दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने एक सांसदले बताए ।
‘माथि दुई कम्युनिस्ट मिल्ने कुरा गर्या छन्, आधिकारिक निर्णय त आको छैन,’ ती सांसदले भने, ‘मुख्यमन्त्रीका लागि हाम्रो दल नेतालाई प्रस्ताव गरिसकेको अवस्था छ, हालका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता छ । अब के गर्ने भन्ने विषयमा छलफल हुन्छ ।’