संसदका चार समितिको बैठक आज, निर्वाचन आयुक्त सिफारिसमाथि सुनुवाइ हुँदै
संघीय संसद अन्तर्गतका चार संसदीय समितिको बैठक आज बस्दैछ। संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस भएका व्यक्तिहरूमाथि सुनुवाइ प्रक्रिया अघि बढाउनेछ भने कानून, न्याय तथा मानवअधिकार समितिले बाल सुधार गृह र कारागारमा मानवअधिकार अवस्थासम्बन्धी प्रतिवेदनमाथि छलफल गर्नेछ।
यस्तै, कृषि तथा प्राकृतिक स्रोत समितिले नार्क तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको संसदीय अनुगमन प्रतिवेदन समीक्षा गर्नेछ भने महिला तथा सामाजिक मामिला समितिले समितिको कार्यविधिबारे छलफल गर्ने कार्यसूची रहेको छ।