संस्थापन इतर समूहले राष्ट्रिय भेला बोलायो, कांग्रेसभित्र नयाँ शक्ति प्रदर्शन
नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला बोलाएको छ । इतर समूहले राष्ट्रिय भेला बोलाएसँगै कांग्रेस विभाजनले औपचारिक रूप लिने भएको छ ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसर काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाको घोषणा भएको हो । कार्यक्रमका संयोजक तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले आगामी २९ साउनमा राष्ट्रिय भेला बोलाएको घोषणा गरेका हुन् ।
‘हाम्रो राष्ट्रिय भेला साउन २९ गते हुन्छ । काठमाडौंमा हुन्छ । यो थ्रेट होइन । काम गरेर देखाउने हो । हिजो पनि देखाएको हो,’ उनले भने ।