प्रधानमन्त्री शाहले जुत्ता व्यवसायीसँग गर्दैछन् छलफल
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा तथा व्यावसायिक क्षेत्रसँगको संवादलाई निरन्तरता दिँदै आज जुत्ता व्यवसायी सङ्घ (फुटवेयर एसोसिएसन) का पदाधिकारीसँग छलफल गर्दै छन्।
प्रधानमन्त्री शाहले एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रूद्र न्यौपाने तथा सल्लाहकार कालीदास गौतमलगायतसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, बजार व्यवस्थापन, आत्मनिर्भरता, क्षेत्रका चुनौती र आवश्यक नीतिगत सुधारका विषयमा छलफल हुने बताइएको छ।