बीपी स्मृति दिवस जलवायु चेतनासहित मनाउने कांग्रेसको तयारी
नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित साउन ६ र ७ गते देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।
साउन ६ गते ‘ग्रीन रन’, जलवायु परिवर्तन विषयक संवाद र ‘लाइभ पेन्टिङ’ कार्यक्रम आयोजना गरिनेछ। साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी हुने तथा सभापति गगनकुमार थापाले पार्टीको नयाँ अभियान सार्वजनिक गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।