प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक विषय तथा विभिन्न मन्त्रालयका एजेन्डामाथि छलफल र आवश्यक निर्णय हुने बताइएको छ।