रास्वपा सभापति लामिछानेद्वारा गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका दिवंगत वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर लामिछानेले श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका हुन्। उनले शोकसन्तप्त परिवारजन तथा कांग्रेस पंक्तिप्रति समवेदना पनि प्रकट गरेका छन्।
लोकतान्त्रिक आन्दोलन र नेपाली राजनीतिमा वरिष्ठ नेता श्रेष्ठले पुर्याएको योगदानको स्मरण गर्दै लामिछानेले उहाँको निधनप्रति दुःख व्यक्त गरे। सो अवसरमा उनले कांग्रेस सभापति गगन थापासँग समेत भेटवार्ता गरेका थिए।