राष्ट्रियसभामा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयगत छलफल सुरु
काठमाडौं — राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल प्रारम्भ भएको छ।
आजको बैठकमा युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ।
बैठकमा सांसदहरूले विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव राख्दै आ–आफ्ना धारणा व्यक्त गरिरहेका छन्। छलफलमा मन्त्रालयगत बजेट विनियोजन र खर्च व्यवस्थापनबारे विस्तृत समीक्षा हुने बताइएको छ।