सुनको मूल्य पुनः घट्यो, तोलामा ५ हजारभन्दा बढी गिरावट
काठमाडौं — स्थानीय बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार १ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि घट्दै प्रतितोला ९० रुपैयाँले ओरालो लागेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि हिजो सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।