सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो
काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलबार पनि सुन यही मूल्यमा खरिदबिक्री भएको थियो।
यता चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४०५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ४८७ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७५ अमेरिकी डलरमा कारोबार भइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्ला केही दिनदेखि उतारचढाव देखिएको सुनको मूल्य आज स्थिर रहँदा चाँदीको भाउ भने सामान्य रूपमा घटेको हो।