अनधिकृत यार्सागुम्बा संकलन गरेको आरोपमा चार जना पक्राउ
तेह्रथुम, जेठ २० — अनधिकृत रूपमा यार्सागुम्बा संकलन गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।
म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठ रहेका छन्। उनीहरूबाट १३ थान यार्सागुम्बा र ९ वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
,"म्याङ्लुङ नगरपालिका–६ भुसीने–जिपटारे सामुदायिक वन","तेह्रथुम, नेपाल"] क्षेत्रमा मंगलबार २०–२५ जनाले यार्सागुम्बा संकलन गरिरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। मोटरसाइकल राखिएको स्थानमा यार्सागुम्बासहित उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। डिभिजन वन कार्यालयका अनुसार राजस्व तिरेपछि मात्र यार्सागुम्बा संकलन गर्न पाइन्छ।
वन अधिकृतका अनुसार अनधिकृत रूपमा यार्सागुम्बा संकलन गरेमा प्रतिकिलो ३१ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ भने प्रति थान ३१ रुपैयाँसमेत शुल्क लाग्ने व्यवस्था छ।