कर्णालीमा १२२ झोलुङ्गे पुल निर्माण गरिने
कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा १२२ वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माणका लागि ६५ करोड रुपैयाँ विनियोजन गरेको छ।
त्यसैगरी रणनीतिक सडक आयोजनाका लागि पनि ६५ करोड विनियोजन गरिएको छ। मन्त्रालयका अनुसार पर्यटकीय क्षेत्र र दुर्गम बस्तीमा सडक सञ्जाल विस्तार गर्ने उद्देश्यले योजना अघि बढाइएको हो।