कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
कपिलवस्तुको महाराजगन्ज–२ गैडहवास्थित हुलाकी सडकमा धनगढीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
अनियन्त्रित बस डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ। घाइतेलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको छ। बसमा चालकसहित ४६ जना सवार रहेकामा बाँकी यात्रुलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।