मोरक्को पेनाल्टीमा नेदरल्याण्ड्सलाई हराउँदै अन्तिम १६ मा
फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को रोमाञ्चक खेलमा मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ।
मेक्सिकोको मोन्टेरे रंगशालामा निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो। नेदरल्याण्ड्सका कोडी गाक्पोले ७२ औँ मिनेटमा अग्रता दिलाएका थिए भने इन्जुरी समयमा इसा डियोपले बराबरी गोल फर्काएका थिए।
जितसँगै मोरक्कोले अब अन्तिम १६ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।