आईओएमका विद्यार्थीको प्रदर्शन, पाठ्यक्रम र परीक्षा प्रणाली सुधारको माग
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै १९ वर्षदेखि लागू रहेको पाठ्यक्रम र परीक्षा प्रणाली तत्काल परिवर्तन गर्न माग गरेका छन्।
विद्यार्थीहरूले ‘ब्याच ड्रप’ प्रणाली खारेज, वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश, व्यावहारिक परीक्षा तालिका, प्रयास (अटेम्प्ट) संख्या वृद्धि तथा विद्यार्थीको मानसिक स्वास्थ्य र भविष्य सुरक्षित गर्नुपर्ने लगायत ६ बुँदे माग अघि सारेका छन्।