रास्वपा महाधिवेशन : बन्दसत्रका लागि प्रतिनिधिहरु हलमा प्रवेश गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत आज बन्दसत्र हुँदैछ। आइतबार भरतपुरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ।
बन्दसत्रमा विधान संशोधन, विभिन्न प्रतिवेदनहरूको प्रस्तुति तथा पारित गर्ने कार्यक्रम रहेका छन्। साथै, निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्ने कार्य पनि तय गरिएको छ।