बालिकामाथि जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मोरङको मिक्लाजुङ गाउँपालिका–६ का २७ वर्षीय खगेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।