नासा: भेनेजुएला भूकम्पबाट ५८ हजारभन्दा बढी भवन क्षतिग्रस्त
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को प्रारम्भिक उपग्रह मूल्यांकनअनुसार गत साता भेनेजुएलामा आएका ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पबाट ५८ हजारभन्दा बढी भवन क्षतिग्रस्त भएका छन्।
भूकम्पमा हालसम्म १,७०० जनाको मृत्यु पुष्टि भएको छ भने हजारौं अझै बेपत्ता रहेका छन्। नासाले युरोपेली अन्तरिक्ष एजेन्सीको ‘सेन्टिनेल–१’ उपग्रहबाट प्राप्त राडार तथ्यांकका आधारमा प्रारम्भिक क्षति मूल्यांकन गरिएको जनाएको छ।