एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ
नेकपा एमालेका मनोनीत तीन जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्। बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई केन्द्रीय कमिटी सदस्यको शपथ गराएका हुन्।
गत असोजको पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। बैठकबाट मनोनीत अन्य केन्द्रीय सदस्यले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन्।
शपथ ग्रहण गर्न बाँकी रहेका तीन जनाले बुधबार शपथ लिएसँगै उनीहरूको औपचारिक जिम्मेवारीको प्रक्रिया पूरा भएको छ।