ट्रम्पको इरान वार्ता दाबीलाई तेहरानको अस्वीकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि प्रस्ताव गरेको र कतारको दोहामा आजै बैठक हुने दाबी गरेका छन्। तर इरानको परराष्ट्र मन्त्रालयले उक्त दाबी अस्वीकार गर्दै अमेरिकासँग कुनै पनि वार्ता तय नभएको स्पष्ट पारेको छ।
इरानी पक्षका अनुसार कतारमा रोक्का गरिएको कोष फुकुवासम्बन्धी प्रक्रियाको फलोअपका लागि मात्र विशेषज्ञ टोली पठाउन लागिएको हो।
यता अमेरिकी सांसद रसिदा त्लेबले लेबनानमा इजरायललाई दिइँदै आएको अमेरिकी सैन्य सहयोग बन्द गर्न माग गर्दै कंग्रेसमा पुनः मतदानका लागि दबाब दिने बताएकी छन्।