सुनको मूल्यमा २ हजार रुपैयाँ वृद्धि, चाँदी पनि महँगियो
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले वृद्धि भएर ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।