प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं — प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।
यसअघि शुक्रबार बोलाइएको बैठक शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको थियो। तर विशेष कारण देखाउँदै सो बैठक पनि पुनः सूचना टाँस गरी आइतबारसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।
सचिवालयद्वारा जारी सूचनामा प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको उल्लेख छ।
यससँगै लगातार बैठक सारिँदा संसदीय कार्यसूची प्रभावित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लम्बिएकै कारण बैठक प्रभावित भएको बताइएको छ।