सातै प्रदेशले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दै
काठमाडौं, असार १
मुलुकका सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक व्यवस्था अनुसार असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधानअनुसार प्रदेश सरकारले आज बजेट ल्याउन लागेका हुन्।
कार्यतालिका अनुसार मधेश प्रदेशले दिउँसो १ बजे, कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्नेछ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशले अपराह्न ४ बजे तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले अपराह्न ५ बजे बजेट सार्वजनिक गर्ने छन्।
प्रदेश सरकारले यसपटक सुशासन, कृषि, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार पारेका छन्।
यसअघि सङ्घीय सरकारले जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ। अब असार १५ गते स्थानीय तहहरूले समेत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन्।