बागमती प्रदेशको ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक, पुँजीगत खर्चलाई प्राथमिकता
काठमाडौं, असार १ – बागमती प्रदेश सरकार ले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री Prabhat Tamang ले सोमबार प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमध्ये चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगत खर्चतर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरिएको छ।
बजेटको खर्च व्यहोर्ने स्रोतअनुसार कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ, अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ, चालु आर्थिक वर्षको सञ्चित कोषको अनुमानित बचत १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपैयाँ तथा अन्य संस्थाबाट ऋण लगानी फिर्ता भएर ९६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
मन्त्री तामाङका अनुसार बजेटले पूर्वाधार विकास र पुँजीगत खर्चलाई प्राथमिकतामा राखिएको छ।