सुन र चाँदीको मूल्य वृद्धि, सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५१ हजार ३० रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।