राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा गर्ने सम्बोधनलाई मन्त्रिपरिषदबाट स्वीकृत
मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुवै सदनमा गर्ने सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।